नेपाली काग्रेसले मन्त्रीको नाम पठाउन शेखर समूहको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको नामावली टुंगो लगाउन वैठक वस्दैछ ।

साे बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसिरहेको छ । डा शेखर समूहले तीनजना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने तयारी गरेको छ 

जसमा धनराज गुरुङ, डिगबहादुर लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्ये कुनै तीनजनाको सम्भावना रहेको स्रोतले जनाएका छन्

पार्टी सभापति देउवाले पनि निवासमा आफू निकटका नेताहरुसँग अहिले छलफल चलाएर सो समूहबाट एनपी साउद र मोहन बस्नेत मन्त्री बनाउने तयारी गरेका छन् साथै त्यस्तै सुरेन्द्र आचार्यको पनि सम्भावना रहेकाे छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसका तर्फबाट सहभागी हुने नाम प्राप्त गरे आजै सरकारले मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन्