वडाध्यक्षलाई राजीनामा दिई उपनिर्वाचन गर्नुपर्छ :हर्क
२०८० बैशाख ६, बुधबार १४:५४
स्थानीय तहकाे विकास निर्माणमा मेयर र वडा अध्यक्ष विच अवराेधकाे सामना वेलावेलामा हुने गर्दछ । यस्तैमा धरान उपमहानगरपालिकाका मेयर हर्क राईले धरानको विकासमा वडाध्यक्षहरू बाधक भएको बताए
स्थानीय तहकाे वैठक,छलफलमा सहभागी नभई अन्यत्र घुमफिर गर्ने प्रवृत्ति वढेकाे वेलामा मेयर राईले भने बैठकमा सहभागी नहुने वडाध्यक्षहरूलाई राजीनामा दिनु पर्ने जिकिर गरे ।
मेयर हर्कले जनतले बैठकमा सहभागी नहुने वडाध्यक्षहरूको राजीनामा माग्न पनि सुझाव दिए ।
मेयर हर्कले सामाजिक सञ्जालमा लेखेका छन् -‘धराने जनता हो… तपाइँहरुको बिकास रोकिने भयो ! अब बैठक नआउने वडाध्यक्षहरू सबैलाई राजीनामा दिन लगाउनु ! म प्रक्रिया मिलाउन सघाउँछु ! अनि उप निर्वाचन गरेर रिक्त वडाध्यक्षहरूको पद पूर्ति गराएर धरानलाई अघि बढाउनु पर्छ





