नेेपालले ओमनलाई ८४ रनले पराजित गर्याे
२०८० बैशाख ८, शुक्रबार २२:३७
त्रिवि क्रिकेट रंगशालामा आज भएको एसीसी पुरुष प्रिमियर कपको दोस्रो खेलमा नेपालले ओमानलाई ८४ रनले पराजित गरेको छ ।
ओमानको यो पहिलो पराजय हो र आजको नेपाल–ओमान खेललाई एकदिवसीय अन्तर्राष्ट्रिय खेलका रुपमा मान्यता दिइएको छ । नेपालका लागि आजको खेल ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय खेल हो ।
एसीसी पुरुष प्रिमियर कपमा कुल १० टोलीको सहभागिता रहेको छ र टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा मलेसिया, ओमान, कतार र साउदी अरब छ भने समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् ।
कपको विजेताले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्नका लागि परिवर्तन पाउनेछ ।
यस खेलका शीर्ष तीन टोलीले एसीसी इमर्जिङ टिम एसिया कपमा खेल्नेछन् जसमा पाकिस्तान र भारतका टोलीले पनि खेल्नेछन् ।
नेपालले तेस्रो खेल सोमबार साउदी अरेबियासँग खेल्नेछ





