नेपाली कांग्रेसका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी र पिछडिएका समुदायलाई केन्द्रमा राखेर प्राथमिकता निर्धारण गर्न सुझाव दिएका छन् ।

आगामी बजेटमा समेट्नुपर्ने विषयबारे सुझाव लिन आज बसेको कांग्रेस संसदीय दलको बैठकमा उनीहरुले अर्थमन्त्री तथा कांग्रेस नेता डा प्रकाशशरण महतलाई जनमुखी बजेट ल्याउन सुझाव दिएका हुन् ।

सोमबार र मंगलबारको बैठकमा अधिकांश सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिन माग गरेका थिए ।

सो अवसरमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताका आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक वर्षको बजेट तर्जुमा गर्नुपर्ने बताउनुभयो । उनले बजेटमा समेट्नुपर्ने विषयबारे सांसदहरुलाई सुझाव दिन पनि आग्रह गरे ।

त्यसैगरी अर्थमन्त्री महतले मुलुकको वर्तमान आर्थिक अवस्थालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट तयार हुने धारणा राख्नुभएको राष्ट्रियसभामा कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले बताइन् ।

जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले जनमुखी बजेट ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले रोजगारी, शिक्षा, स्वास्थ्य, पूर्वाधार र बजार विस्तारलाई सम्मान गर्दै तर्जुमा गरिने बताए ।

त्यसैगरी बैठकमा सांसदहरुले वैशाख १३ गते हुने उपनिर्वाचन र समसामयिक राजनीतिक मुद्दालगायतका विषयमा पनि आ–आफ्ना धारणा राखेका थिए ।

चुनावी मत परिणामले काग्रेसी नेताहरू विच चर्चा परिचर्चा गरिएको थियोे ।