शनिबार भएको वर्षाले प्रभावित खेल रद्द भएपछि नेपाल एसीसी पुरुष प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ

भारी वर्षाका कारण खेल अनिर्णित रहँदा नेपाल समूह विजेताका आधारमा फाइनलमा प्रवेश गरेको हो ।

पानी परेपछि खेलमा कुवेतले नेपालले दिएको २८२ रनको लक्ष्य पछ्याउँदा कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर मात्र ३७ रन बनाएको थियो ।

कीर्तिपुरमा शनिबार भएको एसीसी पुरुष प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध निर्धारित ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको छ ।

पहिले ब्याटिङ गरेको नेपालले क्रमशः रोहित पौडेल र कुशल मल्लको दुई अर्धशतकको मद्दतले कुवेतलाई २८२ रनको लक्ष्य दिएको थियो ।

पौडेलले ९४ रन बनाए भने मल्लले ५७ रन बनाए । त्यस्तै कुशल भुर्तेलले ४३ रन बनाए ।

कुवेतका बलर मोहम्मद असलम र अदनान इद्रिसले ३/३ विकेट लिए ।

वर्षाले प्रभावित खेल कुल ५० ओभरबाट घटाएर ४२ ओभरमा गरिएको थियो ।

यसैबीच, रन प्रभावित एसीसी पुरुष प्रिमियर कपको दोस्रो सेमिफाइनल खेलमा युएईले ओमानलाई डीएलएस विधि अपनाएर २ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ।

नेपालले फाइनलमा सोमबार युएईको सामना गर्नेछ ।