माओवादीले नेपाली काग्रेसलाई राष्ट्रिपति दिने आधिकारिक धारणा वनाउदै
२०७९ फाल्गुन ३, बुधबार ०४:१४नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका विषयमा छलफल चलाएकाे छ । फागुन १३ गतेअघि माओवादी केन्द्रले राष्ट्रपतिको बारेमा आधिकारिक निर्णय गर्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जनाए । यसै साताभित्र माओवादी केन्द्रको पदाधिकारी बैठक बसेर राष्ट्रपतिका बारेमा निर्णय लिने बताउँदै उनले यसका लागि पार्टीभित्र गृहकार्य भइरहेको समेत जानकारी गराए ।
सबैकाे सहमतिमा राष्ट्रपति त्यो दल वा उ दल कसलाई बनाउने विषयमा छलफल हुने उनले बताए । ‘कांग्रेसलाई राष्ट्रपति दिने विषयमा छलफल भइरहेको छ तर आधिकारिक निर्णय भएको होइन’ उनले भने, ‘माओवादी केन्द्रले सबै दलसँग परामर्श गरिरहेको छ, बैठकबाट ती सबै कुराको टुङ्गो लगाउँछ, यी सँगै राष्ट्रपतिका बारेमा पनि आधिकारिक धारणा माओवादीले छिट्टै ल्याउँनेछ ।





