पर्यटन प्रवर्द्धनका निमित्त विराट-बर्जु दौड
२०८० बैशाख २४, आईतवार २१:३४
काेसी प्रदेशको विराट बर्जु धार्मिक ,ऐतिहासिक र पर्यटकीय क्षेत्रकाे प्रवर्द्धनका लागि पर्यटन वन तथा वातावरण मन्त्रालयले विराटनगरको विराट राजाको दरवार क्षेत्रदेखि पर्यटकीय बर्जुतालसम्मको दौड आयोजना गर्ने भएको छ ।
काेसी प्रदेशकाे राजधानी नजिकै भएका विराट बर्जु क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा परिचित गराउदै दुबै पर्यटकीय क्षेत्रकाे विकास ,प्रचार र म्याराथन दाैड गरिने उद्धेश्य रहेको भनेर पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यका जानकारी गराएका छन् ।
विराट बर्जु क्षेत्रमा आन्तरिक र भारतीय पर्यटकलाइ आकर्षक गरि दाैड संगै पर्यटनलाई जाेड्ने नयाँ कार्यकाे थालनी गरेकाे मन्त्री आचार्यले वताए ।
महाभारतकालिन विराट दरवार क्षेत्रको भ्रमण गर्दै आचार्यले बर्जु ताललाई पनि घुम्ने ठाउँ बनाउन सके प्रसस्तै पर्यटक आकर्षित गर्न सकिने बताएका छन्
दुबै क्षेत्र धार्मिक ऐतिहासिकताले जाेडेकाे भए पनि
दुबै पर्यटकीय क्षेत्रको विकासका लागि संघिय सरकारले प्राथमिकता दिन ध्यान वढाउनेछ
व्यवस्थित , सहज र दाैडका लागि पर्यटन वन तथा वातावरण सक्रिय रूपले लागेकाे छ भनी मन्त्रीका स्वकीय सचिव कपिल सुनुवारले वताए ।




