त्रिभुवन विश्वविद्यालयमा चैत्र ५ चुनाव हुने
२०७९ फाल्गुन ४, बिहीबार १२:३३त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने गरि कार्यतालिका सार्वजनिक गरेको छ ।जस अनुसार यही फागुन १९ गते विद्यार्थी सङ्घरसङ्गठन दर्ता, फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी–विरोध तोकिएको छ । यस्तै फागुन २६ गते उम्मेदवारको मनोनयनपत्र वितरण, फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ । कार्यतालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको नेपाल विद्यार्थी संघका माेरङ जिल्ला सचिव गुड्डु साहले जानकारी दिए ।





