विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगकाे खेलमा नेपाल ६ विकेटले विजयी भयो

जिम्बाव्वेको हरारेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो ।

नेपाललाई जिताउन भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे ।

पहिले ब्याटिङ गरेको अमेरिकाले ब्याट्सम्यान शायन जहाँगीरको शतक र सुशान्त मोदानीको ४२ रनको सहयोगमा नेपाललाई २०८ रनको लक्ष्य दिएको थियो ।

करण केसीको ४ विकेट र गुलसन झाको ३ विकेटको मद्दतमा अमेरिकाले ठूलो लक्ष्य पुरा गर्न सकेन । यस्तै बाँकी ३ विकेट बलर दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले लिए । ऐरीले २ विकेट लिए भने राजवंशीले १ विकेट लिए ।