दुधवाट वनाईने छुर्पीवाट नेपालवाट अन्य मुलुक वेचेर यश वर्ष नै ३ अर्व कमाउन सफलता पायो । आर्थिक वर्ष २०७९/८० को ११ महिनामै करिब ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात भयाे ।

साउनदेखि जेठसम्म नेपालबाट २ अर्ब ९६ करोड ६६ लाख ५० हजार रुपैयाँ बरारको १५ लाख ६३ हजार ३९० किलो छुर्पी निर्यात गरिएको भन्सार विभागको तथ्याङ्‍कअनुसार देखाउछ ।

अगाडिको वर्ष अवधिको तुलनामा ३८ करोड ६१ लाख रुपैयाँ बराबरले बढी यस वर्ष कमाएको हाे । त्यस समयमा नेपालबाट २ अर्ब ५८ करोडको १५ लाख ५२ हजार २२२ किलो छुर्पी निर्यात भएको थियो ।


नेपालले धेरै छुर्पी अमेरिकालाई बिक्री गर्ने हुनेगर्दछ । जेठ महिना सम्ममा नेपालले १३ लाख २१ हजार किलो छुर्पी अमेरिका निर्यात गरेर २ अर्ब ५५ करोड रुपैयाँ कमाएको हाे

क्यानडामा एक लाख ३६ हजार किलो छुर्पी निर्यात हुँदा २७ करोड रुपैयाँ नेपालले आर्जन गरेकाे छ भने

हङकङमा एक करोड १२ लाखको छुर्पी निर्यात हुँदा जापान र बेलायतमा समान ३/३ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ भन्सार विभागकाअनुसार देखाउदछ