मनसुन देशभर फैलिएको छ
२०८० असार ९, शनिबार ०६:२७
यस वर्षको मनसुन अहिले देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष मनसुन देशभर फैलिन नौ दिन लागेको थियो ।
यसपछि शुक्रबारदेखि तीन दिनसम्म धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।
त्यसैगरी मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
महाशाखाले बाढी, पहिरो, डुबान, माटोको कटान र भग्नावशेषको बहावले उडान, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रलगायत यातायात सेवा अवरुद्ध हुन सक्ने चेतावनी दिएको छ । वर्षाका कारण हुन सक्ने सम्भावित असरबाट बच्न सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ ।




