आज बुढिगंगामा नीति तथा कार्यक्रम पेश
२०८० असार ९, शनिबार १५:४५
माेरङ ,बुढीगंगा गाँउपालिकाले गाउँसभामा पालिकाको नयाँ आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ ।
गाउँपालिकाको १२ औं सभामा अध्यक्ष जितनारायण थापा मगरले चालु आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन्
उक्त सभामा संघिय सरकारका युवा तथा खेलकुद मन्त्री डिक वहादुर लिम्बूले स्थानीय तहले वनाउने नीति ,कार्यक्रममा जेष्ठ ,युवा, महिला र श्रमजीवी लक्ष्यित पनि थप्नु पर्ने वताए ।
काेसी प्रदेशका नेपाली काग्रेसका प्रदेश सदस्य केदार कार्कीले स्थानीय तहमा रहेका सामुदायिक स्कुलमा अंग्रेजी र नेपाली माध्यम वनाएर विभेद जन्माएको छ यस्तो कार्य राेक्नु पर्ने वताए ।
पुर्व मन्त्री शिव वहादुर कार्कीले समाज रूपान्तरणकाे चरणमा विभिन्न खाले अवरोध रहेका छन् जसलाई चिर्दै स्थानीय तह स्वनिर्भर हुने नीति लिनुपर्ने वताए
गाउँपालिका अध्यक्ष थापा मगरले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद् तथा वातावरण, विकास निर्माण लगायत महत्त्वपूर्ण नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
वडा न ३ का वडा अध्यक्ष तिलक नाथ मंडलले स्थानीय तहमा नीति तथा याेजना ,वजेट र करका विषयमा तल्लो तहमा छलफल गरि ल्याउनुपर्ने वताए
साे सभामा पुर्व मन्त्री हरिनारायण चाैधरी ,भुवनेश्वर मंडल ,माधव प्रसाद काेईराला ,राजन केसी लगाएतले शुभकामना मन्तव्य राख्नु भएको वडा सदस्य मिना विश्वासले वताईन्




