भक्तपुर नगरपालिकाले स्थानीयवासीलाई परम्परागत शैलीका घर बनाउन सहयोग गर्न रु ६४ लाखभन्दा बढी अनुदान उपलब्ध गराएको छ ।

नगरपालिकाले भवन संहिता पूरा गरी परम्परागत शैलीमा घर निर्माण गर्न स्थानीयलाई ३५ प्रतिशत अनुदान उपलब्ध गराएको छ ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बिहीबार लाभग्राहीलाई उक्त अनुदान हस्तान्तरण गरेका हुन् ।

भवन निर्माणका लागि स्थानीय इँटा, काठको कलात्मक झ्याल, ढोका र अन्य सामग्री खरिद गरेबापत एक लाभग्राहीले ७५ हजारदेखि ८ लाख ४६ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सो अवसरमा बिजुक्छेले सम्पदा भक्तपुर नगरपालिकाको जीवित सम्पदा भएको बताउँदै यसको संरक्षणका लागि नगरपालिकाको सक्रिय भूमिका हुन आग्रह गर्नुभयो ।

उनले अमूर्त लगायत सम्पदाको संरक्षण, निर्माण र पुनर्निर्माणमा नयाँ पुस्ताले अगुवाइ लिनुपर्ने धारणा राखे

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले आगामी वर्षमा पनि यो योजनालाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन्