पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकाले
२०८० असार ११, सोमबार १०:२०
नेपालीका मात्रै नभई विश्वभरिका हिन्दुहरूकाे आस्थाकाे केन्द्र पशुपतिनाथ मन्दिर हाे । जलहरी विवादले गर्दाअख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पशुपतिनाथ मन्दिरको जलहरी जोख्नका लागि निकाले
हिजो साँझ अख्तियारको टोलीले पशुपतिनाथ मन्दिरमा जलहरी बाहिर निकालेर जोख्न थालेका थिए
पशुपति मन्दिरबाट निकालिएको जलहरीलाई सेतो कपडाले छोपेर मन्दिर परिसरमा लगि जोख्ने काम गरे । करिब एक क्वीन्टलको जलहरी विभिन्न भाग मिलाएर जडान गरेकाले टुक्रा टुक्रा पारेर मात्रै निकाल्न सकिन्छ।
अख्तियारको टोलीले नापजाँचको दृश्य रेकर्डका लागि अस्थायी रुपमा सिसिटिभी क्यामेरा जडान गरेको छ भने काठमाडौं महानगरपालिकाको वडाका प्रतिनिधि, प्रहरी वृत्त गौशालाको टोली, पशुपति क्षेत्र विकास कोष र पुजारीहरूलाई स्थलमा राखिएको छ।
सुनको जलहरी राख्न सरकारले नेपाल राष्ट्र बैंकबाट १०३ किलो ७७३ ग्राम सुन ८० करोड १११ हजारमा किनेको हाे ।
यस जलहरी राख्ने काम केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा भएको थियोे ।




