नेपाल एसीसी यू १६ इस्ट जोन कपको फाइनल प्रवेश गर्न सफलता प्राप्त गरेको छ ।

साे सेमिफाइनलमा नेपालले सिंगापुरलाई ९७ रनले हरायो।

नेपालले जितका लागि दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा सिंगापुर ३१.३ ओभरमा ८७ रन बनाएर अलआउट भयो।

साे खेल मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो।

नेपालको जितमा ओपनर निरजकुमार यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रनको योगदान दिए।

कोइराला र यादवले पहिलो विकेटका लागि ११.३ ओभरमा ६३ रनको साझेदारी गरेका थिए।