नवलपरासी (बर्दघाट–सुस्ता–पूर्व) कावासोती नगरपालिकाले दूध उत्पादक किसानलाई अनुदान उपलब्ध गराएको छ ।

नगरपालिकाले दूध उत्पादनको मात्राका आधारमा किसानलाई अनुदान वितरण गरेको छ । नगरपालिकाले रु २६ लाखभन्दा बढी अनुदान उपलब्ध गराएको जानकारी दिएको छ । कावासोती नगरपालिका पशुधन विकास शाखाका प्रमुख डा टेकराज पौडेलले दूध उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले प्रतिलिटर १.५ रुपैयाँ अनुदान दिएको बताए ।


चालु आर्थिक वर्ष २०७९-८० मा नगरपालिकाले चारवटा सहकारीमार्फत किसानलाई अनुदान उपलब्ध गराएको थियो ।

यस वर्ष चारवटा सहकारीमार्फत कुल १ लाख ४७ हजार २ सय लिटर दूध संकलन गर्न अनुदान उपलब्ध गराइएको उनले बताए ।

कावासोती–२ को शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी, कावासोती–८ को एकीकृत दूध विकास सहकारी, कावासोती–१४ को साना किसान कृषि सहकारी र जनकल्याण दुग्ध विकास सहकारीमार्फत सङ्कलन दूधका लागि अनुदान उपलब्ध गराइएको थियो ।

कावासोती नगरपालिकाले विगत चार वर्षदेखि दूध उत्पादनमा किसानलाई अनुदान दिँदै आएको छ । नगरपालिकाले दुध उत्पादक किसानलाई रु ११ करोड ६० लाख अनुदान वितरण गरेको छ । दूध उत्पादनको मात्राका आधारमा चालु आर्थिक वर्षमा प्रदान गरिएको अनुदानबाट कुल ८ सय किसान लाभान्वित भएका छन्