स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्ने
२०८० असार २१, बिहीबार २१:२४
वजेटमा भएको कटौती विराेधमा स्थानीय तहका जनप्रतिनिधिहरूले भोलि(शुक्रबार) सिंहदरबार घेर्ने भएका छन्
सरकारले स्थानीय तहलाई दिँदै आएको ५० प्रतिशत अनुदान कटौती गरेको र त्यसको विरूद्धमा देशभरका जनप्रतिनिधिहरूले भोलि सिंहदरबार घेर्न लागेको नेपाल नगरपालिका संघ अध्यक्ष भीम ढुंगानाले बताएका छन्
उनका अनुसार सरकारले स्थानीय तहलाई दिने ५० प्रतिशत अनुदान कटौती गरेको र कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन गर्ने उनले बताए।




