बालेन साहले चाले छात्रवृत्तिका लागि आवेदन दिन आह्वान
२०८० असार २२, शुक्रबार ११:२५
काठमाडौं महानगरपालिकाले कक्षा ११ मा महानगरभित्र पढ्न चाहने विद्यार्थीलाई योग्यताक्रमका आधारमा कोटा निर्धारण गरी छात्रवृत्ति उपलब्ध गराउनका लागि आवेदन दिन आह्वान गर्याे ।
महानगर प्रमुख बालेन शाहले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण भएर कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीलाई महानगरपालिकाभित्र पढ्न चाहने सामुदायिक विद्यालयमा अध्ययन गरेको, जेहेन्दार, पिछडिएको क्षेत्र, जनजाति, आदिवासी, गरिबलगायतको छनोटका आधार तयार गरी योग्यताक्रमका आधारमा कोटा निर्धारण गरेर छात्रवृत्ति उपलब्ध गराउन आवश्यक भएकाले सम्बन्धित शिक्षण संस्थालाई यो सूचना जारी गरिएको छ ।
‘काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५’ तथा ‘शिक्षा नियमावली, २०७४’ मा व्यवस्था भएबमोजिम काठमाडौं महानगरपालिकाअन्तर्गतका निजी विद्यालयले कक्षा ११ का विद्यार्थीहरूका लागि वितरण गर्ने छात्रवृत्तिका लागि विद्यार्थी छनोटसम्बन्धी परीक्षा शैक्षिक सत्र २०८०-०८१ देखि काठमाडौं महानगरपालिकाले आफैँ नै सञ्चालन गर्न लागेको छ
माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक भएको मितिबाट कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्ने गरी कक्षा ११ वा सो सरहका तहमा भर्ना कार्यक्रम तय गर्न सबै शिक्षण संस्थालाई आह्वान गरिएको छ ।





