ललिता निवास जग्गा प्रकरणको लहराेले विराटनगरको औद्योगिक घराना शारडा ग्रुपका सञ्चालकहरु पनि तानिए ।

ललिता निवासको जग्गा खरिद गरेको पाइएपछि केन्द्रीय अनुसन्धान व्यूरोले ग्रुपका सञ्चालकहरुविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

पुर्जी जारी भएपछि शारडा ग्रुपका शिवरतन शारडा र उनका छोरा सन्दीपकुमार शारडा, भाइ श्रीनिवास शारडा, राधेश्याम शारडा र पवनकुमार शारडा सम्पर्कमा छैनन् ।

पवनकुमार शारडा संविधानसभा सदस्य समेत हुन् । परिवारभित्र शिवरतन जेठो, श्रीनिवास माइलो, राधेश्याम साहिंलो र पवनकुमार कान्छो भाइ हुन् । ग्रुपका अध्यक्ष शिवरतन हुन् ।

सीआईबीले त्यो जग्गा प्रकरणमा जोडिएका जग्गा खरिदकर्ता, सरकारी कर्मचारीलगायत ४०६ जनालाई पक्राउ पुर्जी जारी गरेको छ ।