सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ का महिलाले घरमै फिनाईल र तरल साबुन उत्पादन गरेर आम्दानी गर्न थालेका छन् ।

महिलाहरु कपडा धुने, भाँडा माझ्ने र टाईल सफा गर्ने फिनाईल र तरल साबुन उत्पादनमा व्यस्त छन् ।

चौतारामा फिनाईल र तरल साबुन उत्पादन गर्दै आएकी मिना श्रेष्ठले स्थानीय महिलाले फुर्सदको समयमा घरमै फिनाईल र तरल साबुन उत्पादन गरेर राम्रो आम्दानी गर्न थालेको बताइन् ।

उत्पादित फिनाईल र साबुन चौतारालगायत बजारमा खपत हुन थालेको छ ।

फिनाईल र तरल साबुन रु. ९० प्रति बोतल।

चौताराका सरकारी तथा गैरसरकारी कार्यालय, होटल, गाउँपालिका, छरछिमेक र विद्यालयमा फिनाईल र साबुनको माग धेरै रहेको महिलाहरु बताउँछन् ।

उनीहरूले आफ्ना उत्पादनहरू ठोस साबुन र डिटर्जेन्ट पावरको तुलनामा धेरै राम्रो भएको उपभोक्ताबाट प्रतिक्रिया पाइरहेको बताए ।

चीजलाई मीठो बनाउन खारेज गरिएका प्लास्टिकका बोतललाई तरल साबुन र फिनाईल प्याकेजिङका लागि पुनः प्रयोग गर्न थालेपछि वातावरण सफा हुन थालेको छ