गाउँपालिकाले डाक्टर पढ्न छात्रवृत्ति दिदै
२०८० असार ३१, आईतवार १०:१३
डाक्टर बन्ने सपना हुर्काइरहेको छोराछाेरिका लागि कसरी त्यतिका ठूलो खर्च बेहोर्न सकुँला भनी परिवारमा चिन्ता वढे पनि पढाइमा अब्बल रहेका विद्यार्थीका सपना पूरा गर्न गाउँपालिकाले एमबीबीएस पढाउन छात्रवृत्ति दिने सूचना निकाल्न थालेका छन् ।
जाजरकोटको कुशे गाउँपालिकाले पनि एमबीबीएस छात्रवृत्ति दिएर पढाउदैछ । गाउँपालिकाले आर्थिक सहयोगमा पढाइमा गाउँपालिकाले ५० प्रतिशत र बाँकी खर्च परिवारले बेहोरिरहेको छ साथै पालिकावासीले गाउँमा वसेर सेवा दिने डाक्टरकाे आवश्यकता महशुस गरि यस्तो काम थालिएको अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
रोल्पाको परिवर्तन गाउँपालिकाले आफ्नै खर्चमा चिकित्साशास्त्र पढाउन एक विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरिसकेको छ । गाउँपालिकाको निर्माणाधीन अस्पतालमा चिकित्सक अभाव हुन नदिन यसो गरिएको गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगरले बताए ।
हरेक वर्ष कम्तीमा ५ लाख रुपैयाँ दिने गरी विद्यार्थी पढाउने र पढाइसकेपछि गाउँ फर्केर सेवा गर्नुपर्ने पालिकाको सर्त छ ।
अन्य स्थानीय तहले पनि यस्तोमा छात्रवृत्ति निकाल्ने क्रम वढ्दैछ ।




