वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु भएको छ । यसअघि यो सेवा बिहान ९ बजेदेखि सुरु हुने गरेको थियो ।


बिरामीको सुविधाका लागि आज बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गरिएको वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए ।


उनका अनुसार दुवै स्वास्थ्य संस्थामा विहान ७ बजेदेखि दिउँसो २ः३० बजेसम्म चेकअपका लागि दर्ताको समय तोकिएको छ । वीर अस्पतालमा बिहान ८ बजेदेखि शल्यक्रिया सेवा सुरु हुने डा पौडेलले बताए । साथै अस्पताल प्रशासनले सबै कर्मचारीका लागि ई-हाजिरी अनिवार्य गरेको छ ।


अस्पतालबाट दैनिक तीन हजार बिरामीले ओपिडी सेवा लिइरहेका छन् ।


ट्रमा सेन्टरका प्रमुख डा बद्री रिजालले सेन्टरमा बिहान ८ः१५ बजेदेखि ओपिडी सेवा सुरु गरिएको जानकारी दिनुभयो । केन्द्रअन्तर्गतका सबै विभागमा बिहानैदेखि सेवा सुरु भएको छ ।


चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को कार्यकारी परिषद्को बैठकले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा बिहान ८ बजेदेखि ओपिडी सेवा सुरु गर्ने निर्णय गरेको हो