नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको दोस्रो खेलमा बहराइनमाथि एकपछिय जितेकाे छ आज भएको खेलमा नेपालले बहराइनलाई १० विकेटले पराजित गर्दा १७ बलमानै लक्ष्य पूरा गरेको थियो।

उक्त खेल टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएपछि नेपालले ३२ रनको लक्ष्य पाएको थियो । खेल मलेसियामा भएको छ ।

खेलमा बहराइनकी कप्तान दीपिकाले २० बलमा १ चौकासहित सर्वाधिक ११ रन बनाइन्। नेपालको बलिङ सामु बहराइनका १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। उसका ६ खेलाडी शून्यमा आउट भएका थिए।

नेपालको जितमा इन्दु बर्माले ३ विकेट लिंदा लेग स्पिनर खुशी डंगोलले २ विकेट लिइन्। त्यस्तै कविता कुँवरले १ विकेट लिँदा पुजा महतो र रुविना क्षेत्रीले पनि समान १-१ विकेट लिएका थिए।

३२ रनको लक्ष्य पछ्याएको नेपालले २.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो। नेपालको जितमा ओपनर कविता कुँवर १४ बलमा ३ चौकासहित १८ रनमा अविजित रहिन्। त्यस्तै सीताराना मगर ३ बलमा २ रन बनाउँदा नेपालले जित हासिल गरेको थियो।

यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली मलेसियालाई पाँच रनले हराएको थियो ।नेपालले अव आइतबार भुटान, मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ