भारतले नेपाललाई १० विकेटले हरायो
२०८० भाद्र १९, मंगलवार ०४:५८
एसिया कप २०२३ मा भारतले नेपाललाई १० विकेटले पराजित गरेको छ ।
पाकिस्तान र भारतसँग लगातार पराजित भएपछि नेपाल एसिया कप प्रतियोगिताबाट बाहिरिएको छ ।
वर्षाका कारण भारतलाई डकवर्थ लुइस पद्धति अनुसार १४५ रन बनाउनु परेको थियो । भारतले यो स्कोर २०.१ ओभरमा बिना विकेट गुमाएर पुरा गर्यो।
रोहित शर्माले ७४ र शुभम गिलले ६७ रन बनाए
यसअघि नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो




