मुख्यमन्त्री हिक्मतले दिए राजीनमा
२०८० आश्विन २०, शनिबार १६:५८
काेसी सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिन भन्दा अगाडि नै राजीनामा दिए ।
मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका छन् ।
कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा पत्र बुझाएका छन् ।
प्रदेशको स्थायित्व, दलीय सहकार्य र सद्भावमार्फत सुशासन कायम गर्न तथा जातीय, धार्मिक एवं सास्कृतिक एकता र सहिष्णुता कायम हुन सकोस् भनेर विश्वासको मतको प्रक्रियामा नगई राजीनामा दिएको राजीनामा पत्रमा जनाएका छन् ।




