इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने
२०८० आश्विन २२, सोमबार १७:३८
सरकारले इजरायलमा मारिएका नेपालीको परिवारलाई १० लाख दिने निर्णय गरेका छन् ।
प्यालिस्टाइनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीको परिवारलाई उक्त रकम दिने छ ।
परिवारलाई राहतस्वरुप १० लाख रुपैँया उपलब्ध गराउने निर्णय गरिएको सरकारकी प्रवक्ता रेखा शर्माले वताईन्
त्यस्तै मृत्यु भएकाको शव यथाशीघ्र स्वदेश ल्याउन पहल गर्ने उनले बताइन् ।




