गठबन्धन ब्युँताउने सम्भावना बढेको
२०७९ फाल्गुन १०, बुधबार २१:५८कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को हुन्छ त भन्ने प्रश्नमा नेपाली काग्रेस उपसभापति पुर्ण वहादुर खड्का भने, ‘यसबारे पर्सी १२ गतेमात्र नाम सार्वजनिक गर्छौं।’
कांग्रेस उपसभापति खड्काका अनुसार पुरानै गठबन्धन ब्युँताउने सम्भावना बढेको छ। यद्यपी अहिले नै रिजल्ट आइसकेको छैन।
‘आज दिनभर हामिले जसपाका नेताहरू, नेकपा एकीकृत समाजवादीका साथीहरूसँग छलफल गर्यौं’ खड्काले भने, ‘रिजल्ट आइसकेको त छैन तर अब सम्भावना निकै बढेको छ।’
काग्रेस सभापति शेरवहादुर देउवासंगै खड्काले पनि प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । राष्ट्रपतिमा सहयोग मागेको छन्
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिबारे आफ्नै दल र संसदमा रहेका अन्य दलसँग छलफल गरेर निर्णय गर्ने वताएका छन्




