संविधानकाे नजीरले केदार कार्की कोशीको मुख्यमन्त्रीमा बलियो
२०८० आश्विन २६, शुक्रबार ०८:११
काेसीमा मुख्य मन्त्रीकाे दाबी गरेकोमा केदार कार्की संविधानकाे नजीरले बलियो देखिएका छन् ।
केही समय अगाडि शेरबहादुर देउवासहितका सांसदले दिएको रिटमा सर्वोच्च अदालतले सरकार गठनको अन्तिम विकल्प प्रयोग गर्दा सांसदहरुले दलगत रुपमा नभई व्यक्तिगत रुपमा निर्णय लिन स्वतन्त्र हुने फैसला गरेको थियो ।
यही नजीर अनुसार कोशीमा नयाँ मुख्यमन्त्री नियुक्ति हुन केदार कार्कीको दाबी बलियो रहेको भनी अधिवक्ता अन्जनी कुमार पाेखरेलले वताए ।
कार्कीले कांग्रेसका ८ र नेकपा एमालेका ३९ जना प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङलाई बुझाएका छन् । संविधानको धारा १६८ (५) बमोजिम कार्कीले प्रदेशसभाको बहुमत जुटाएकाले उनको दाबी बलियो देखिएको हो ।
९३ सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ४७ सांसदको समर्थन आवश्यक पर्छ, र त्यो संख्या कार्कीले जुटाएका छन्




