आज काेसीकाे पाँचौं मुख्यमन्त्रीमा केदार कार्कीकाे संभावना
२०८० आश्विन २७, शनिबार ०६:५२
कोशी प्रदेशले आज (शनिबार ) प्रदेशसभाको दोस्रो कार्यकालको पाँचौं मुख्यमन्त्री पाउने संभावना छ ।
आजै प्रदेश प्रमुखले प्रदेश सभा सदस्यहरूकाे विहान ८ वजे देखि २ वजे सम्म सनाखत गर्ने छन् ।
त्यसपछि काेसीकाे पाँचौं मुख्यमन्त्रीमा केदार कार्कीकाे हुने संभावना वलियाे रहेको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि अपरान्ह ५ बजेसम्मको दिएको समयसीमा दिएका छन् ।
समयभित्र नै मुख्यमन्त्री नियुक्त गरिसक्नुपर्ने हुन्छ । कोसीमा यसअघि संविधानका सबै उपधाराको प्रयोग गरेर सरकार गठन भइसकेको छ । प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेपाली कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले बिहीबार दाबी पेस गरेका छन् ।
कोशीको ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि दाबी गर्न ४७ प्रदेशसभा सदस्य चाहिन्छ । कार्कीको समर्थनमा एमालेका ३९ र कांग्रेसका ९ जना गरेर ४८ जना प्रदेशसभा सदस्य देखिएका छन् ।




