मुख्यमन्त्री कार्कीले कार्तिक १ गते विश्वासको मत लिने
२०८० आश्विन २९, सोमबार २०:४९
कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले कार्तिक १ गते बुधबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् ।
संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
धारा १६८ को उपधारा ४ मा मुख्यमन्त्री नियुक्त भएको व्यक्तिले नियुक्ति भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।




