रेडबुकमा योजना पार्न नै कमिसन : सीके राउत
२०८० आश्विन २९, सोमबार २१:०५
जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेस प्रदेशको सरकारमा रातो किताब (रेडबुक)मा योजना पार्न नै कमिसन दिनुपर्ने बताए
राजविराजमा सोमबार आयोजित कार्यक्रममा उनले मधेस सरकारमा योजनाहरू रातो किताबमा पार्नुभन्दा पहिले कमिसन दिनुपर्ने बताए। ‘जनताका लागि आवश्यक र उपयुक्त योजना पार्नका लागि पहिले ठेक्का लिनेहरुसँग भेटनुपर्छ,’ राउतले भने, ‘उनीहरू पासो थापेर बसेका हुन्छन्, ती ठेकेदारलाई खुसी बनाउन पहिले नै कमिसनको ग्यारेण्टी गर्नुपर्छ।’




