चट्याङबाट बच्न पूर्वतयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह
२०८० आश्विन ३०, मंगलवार ०५:२२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चट्याङबाट हुने क्षतिको उचित व्यवस्थापन र चट्याङबाट सुरक्षित रहन देशभरका स्वास्थ्य संस्था र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी गरेको विज्ञप्तिमा स्वास्थ्य संस्था र उपकरणलाई चट्याङ प्रतिरोधी बनाउन उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘चट्याङबाट हुने चोटपटकको व्यवस्थापन र लक्षण विद्युतीय प्रकोपबाट हुने क्षतिभन्दा फरक भएकाले चट्याङसँग सम्बन्धित चोटपटकको उचित व्यवस्थापन गर्न आग्रह गर्दछौं ।
मन्त्रालयसँगको तथ्यांकअनुसार २०२२ जुन ५ देखि अक्टोबर १६ सम्म चट्याङका १८७ घटनामा ६० जनाको मृत्यु भएको छ भने १५७ जना घाइते भएका छन् ।
“गत वर्ष, चट्याङका घटनाहरू प्राकृतिक प्रकोपबाट हुने मृत्युको सन्दर्भमा पहिलो र चोटपटकको सन्दर्भमा पहिलो थिए।
यो वर्ष चट्याङका घटना बढेका छन् । स्वास्थ्य संस्थालाई चट्याङबाट जोगाउन र चट्याङबाट हुने चोटपटकको उचित व्यवस्थापनका लागि पूर्वतयारी आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ




