अचानक छातीमा असहज भएपछि मंगलबार साँझ अस्पताल भर्ना गरिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाए ।

आज साँझ उनलाई राजधानीको नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

दिउँसोदेखि नै असहज महसुस गरेका प्रधानमन्त्री दाहाललाई साँझ अस्पताल भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको थियो।

नर्भिक अस्पतालका अनुसार उनको स्वास्थ्य परीक्षणका रिपोर्टहरु नर्मल रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अन्य बाँकी केही परीक्षण गरेर प्रधानमन्त्री दाहाललाई मंगलबार रातिसम्मै डिस्चार्ज गर्ने तयारी गरिएको चिकित्सकले बताए