काेसी प्रदेशको राजनीति उतारचढाव विच वनेका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत माग्दै सभालाई सम्वाेधन गरेका छन् ।

आज वसेकाे  प्रदेशसभा बैठकलाई सम्बाेधन गर्दै प्रदेशको संवैधानिक व्यवस्था अनुसार नै आफुलाई सबैले  विश्वासको मत दिनु आग्रह गरेका छन् ।

प्रदेशमा आवश्यक कर्मचारी व्यवस्थापनका लागि आवश्यक ऐन कानुन बनाएर प्रदेश लोकसेवाबाट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

प्रदेशको विषम अवस्थालाई वचाउन ,संघीयता र लाेकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि सबैकाे सहयोग आवश्यक रहेकाे बताए ।

 ‌सरकार गठनकाे अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेकाे बताउँदै उनले राज्यका हरेक निकायमा जनताकाे पहुँच पुर्याउदै ,विकास र स्वनिर्भरता गराउ भन्दै मत मागेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका दलले विश्वासको मत दिने निर्णय गरेका छन् । ६ सिटको राप्रपाले विपक्षमा मतदान गर्ने निर्णय गरेकाे छ ।