उपप्रधानमन्त्री श्रेष्ठ अस्वस्थ, आईसीयूमा उपचार हुदै
२०८० कार्तिक २, बिहीबार ११:४६
हाल जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्
मन्त्रीलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजमा भर्ना गरिएको उनका निजी सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।
मन्त्रीलाई हल्का हृदयघात भएको र उनको मुटुको स्टेन्ट प्लेसमेन्ट प्रक्रिया गरिएको बताइएको छ । मन्त्री सचिवालयका अनुसार उनको ज्यान जोखिममा रहेको अस्पतालले जनाएको छ । उनको अहिले सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ ।
श्रेष्ठ आफ्ना चिनियाँ समकक्षीको निमन्त्रणामा उत्तरी छिमेकीको भ्रमणमा छन् ।




