एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई ३ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको छ। अर्जुन कुमालको शानदार ब्याटिङ र दिपेश कँडेलको कसिलो बलिङको सहयोगमा नेपालले सजिलो जित हात पारेको हो।

नेपालले प्रस्तुत गरेको ३ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा साउदी १९.१ ओभरमा ४६ रनमा अलआउट भएको हो।

नेपालका लागि दिपेश कँडेलले सर्वाधिक ६ विकेट लिए। ९.१ ओभर बलिङ गर्दै कँडेलले १८ रन खर्चिए। नेपालका लागि आकाश चन्दले २ तथा सुवास भण्डारीले १ विकेट लिए।

साउदी अरेबियाका लागि बरुण सराभनान मुदलिएरले सर्वाधिक ११ रन बनाउँदा मुहमद घयोर अहमद र अबदुल्लाह सिराजले ९-९ रन बनाए। साउदीका अन्य ब्याट्सम्यान पनि सस्तैमा समेटिए।