लायन्स म्याराथुन दौडको उपाधि यादव र राजवंशीलाई
२०८० कार्तिक २, बिहीबार १४:००
माेरङ वुढीगंगा गाउँपालिका स्तरीय खुल्ला म्याराथुन दौड प्रतियोगिताको उपाधि अमर यादव र अमृता राजवंशीले हात पारेका छन् ।
लायन्स क्लब अफ टंकीसिनवारी ग्रीन सिटीले बडा दशैकाे अवसरमा विहिवार आयोजना गरिएको दश किलोमिटर म्याराथुन प्रतियोगितामा १५० भन्दा वढी प्रतिस्पर्धीलाई गरेका थिए । पुरूष तर्फबाट अमर यादवले याङ्गदेव राईलाई पछाडि पार्दै यादवले नगद पुरस्कार रु २५ हजारसहित उपाधि हात पारेका हुन् । महिला तर्फबाट नम्रता माझीलाई पछि पर्दै अमृता राजवंशीले नगद पुरस्कार रु २५ हजारसहित उपाधि हात पारेकि छन् ।
सो अवसरमा लायन्स डिस्ट्रिक गभर्नर लायन एमजेयफ विजयहरि शर्माकाे प्रमुख अथिति रहनु भएको थियोे ।
बुढीगंगा गाउँपालिका अध्यक्ष जितनारायण थापा मगर विशिष्ट अथिती रहनु भएको थियो ।

खेलकूद क्षेत्रको विकासका लागि स्थानीय तहले नीति तथा कार्यक्रममा समावेश गरी बजेट नै पारित गर्नुपर्ने जाेन काेर्डिनियटर लायन सुवाेद काेईराला वताए ।
विद्यालय तहदेखि नै खेलकूदको विकास गर्दै वुढीगंगालाई खेलकूदको हव बनाउने लक्ष्य लिनुपर्ने अध्यक्ष रेवतिरमण काेईरालाले वताए
उक्त कार्यक्रममा सप्तकोसी वैक शाखा प्रवन्ध दर्शनराज न्याैपाने ,नेताहरू किरण चाैधरी ,विष्णु वुढाथाेकी ,प्राध्यापक भावुकराज न्याैपाने, लायन सुमन माझी ,लायन वाेधनारायण विश्वास , समाजसेवी जयदेव माझी र विद्यार्थी नेता गुड्डु साह लगायतको उपस्थित रहेको लायन मिना कुमारी विश्वासले जानकारी दिईन्





