काेसी प्रदेशमा भएको  राजनीतिक परिस्थितिले केन्द्रीय राजनीतिमा कुनै असर नपर्ने कुरा कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताए ।

यस प्रदेशमा सरकारबारे पटक–पटक पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरिएको  कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले बताए ।

आज विराटनगर एयरपोर्टमा दसैँ मनाउन घर आएका नेता डा शेखरले भने, ‘कोसी प्रदेशमा कांग्रेसभित्र देखिएको अन्योलबारे पार्टी सभापति शेरबहादुर देउवासँग पटक–पटक छलफल भयो। देउवाजी आफैंले  उद्धव थापाजीले दुई–दुई पराजित भएको बताएका थिए। त्यसपछि मसँग कुरा भयो। मैले भनेँ संसदीय दलको नेता परिवर्तन गर्नुस्। उहाँले त्यति रुचाउनु भएन। जो बने पनि हुन्थ्यो। त्यसपछि फेरि सोध्नुभयो मैले मानिन। कुरा त्यो हो।’

केन्द्रीय सदस्य कोइरालाले बहुदलीय व्यवस्थामा संविधानमा रहेको निर्दलीय प्रावधान संशोधन गर्नुपर्ने जोड दिए। नेता कोइरालाले भने, ‘नेपालमा दलीय व्यवस्था रहेको तर संविधानमा निर्दलीय सरकारको परिकल्पना गरिएकाले त्यस्तो प्रावधान संशोधन गर्न आवश्यक छ।’

कोसी प्रदेशमा गठित सरकार संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको भन्दै सो उपधारामा भएको व्यवस्था संशोधन गर्नुपर्ने बताए।