दशैं सुरु भएसँगै दशैं, तिहार, छठलगायतका चाडपर्व मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा चाडपर्वमा एक लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिएका छन् ।

 योसँगै दशैं शुरु भएको दिन घटस्थापनाका दिनदेखि हालसम्म उपत्यकाबाट चाडपर्व मनाउन घर छाड्नेको संख्या चार लाख ६६ हजार नाघेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय को लागी।

पछिल्ला तीन दिनमा उपत्यकाबाट बाहिरिनेको संख्या बढेको उनले बताए । उनका अनुसार असोज २८ गते घटस्थापनाका दिन ५१ हजार २७९ उपत्यका छाडेका थिए भने भोलिपल्ट ५१ हजार ३ सय ८७ जनाले उपत्यका छाडेका थिए ।

निजी सवारीसाधनमा जानेलाई छाडेकाले चाडपर्व मनाउन उपत्यका छाड्नेको संख्या बढी हुन सक्ने उनले बताए