राष्ट्रपतिकाे उम्मेदवार चुन्न वैठक गर्दै : नेपाली काग्रेस
२०७९ फाल्गुन ११, बिहीबार १०:०८
राष्ट्रपतिका लागि यही फागुन १३ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका सार्वजनिक भए पछि चुनावी चहलपहल वढेकाे छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने छ।
साे बैठकबाट भावी राष्ट्रपति पदको उमेदवार चयन हुने सम्भावना रहेको छ । कांग्रेसबाट राष्ट्रपतिको उमेदवारमा नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलामध्ये एकजनालाई अघि सारिन सक्ने वताए पनि सभापति देउवालाई उम्मेदवार वनाउ सक्ने आशंका गरिदैछ ।




