प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी
२०८० कार्तिक ९, बिहीबार १३:०९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
विरामी उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री दाहाल आज पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका हुन् । सो अवसरमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठलाई गत असोज १ गते चीन भ्रमणका क्रममा हृदयघात भएको थियो । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा पाँच दिनसम्म उपचारपछि उनी आज स्वदेश फर्किएका हुन् ।




