सबै राजनीतिक दललाई मिलाएर कोसीको समृद्धि :कोसीका मुख्यमन्त्री
२०८० कार्तिक १२, आईतवार २१:४६
काेसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले
सबै राजनीतिक दललाई मिलाएर कोसीको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे साथै सबै पक्षले सरकारलाई सहयोग पुर्याउनु पर्ने वताए ।
कोसी प्रदेशका मुख्यमन्त्री कार्कीले सबै राजनीतिक दलको सहमतिमा मन्त्रिपरिषद् विस्तार हुने बताए सहमतीय सरकार सञ्चालनको प्रयास भईरहेकाे हुदाँ मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको वताएका छन् ।
आज झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय झापाली समाजको चौथो महाधिवेशनमा मुख्यमन्त्री उद्धाटन गरेका छन् ।
उनलेे असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका कार्कीले असोज २८ गते दुईजना मन्त्री नियुक्त गरेका थिए ।




