राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर
२०८० कार्तिक १६, बिहीबार १६:४०
लाेकतन्त्रमा राष्ट्रपतिले गरेका हरेक कामलाई सदर वा मान्यता दिनुपर्ने छैन भन्ने मान्यता सर्वोच्च अदालतले स्थापित गरेको छ ।
शासन विधिवाट संचालन गरिनुपर्छ भन्ने विश्वास सर्वोच्च अदालतले सन्देश दिदै जन्मकैदको सजाय पाएका योगराज ढकाल रिगलको कैद मिनाहा गर्ने निर्णय बदर गरेको छ ।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय उत्प्रेषणको आदेशले बदर गर्याे ।





