काेसीका मुख्यमन्त्री केदार कार्कीले सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी गराए ।

मुख्यमन्त्री कार्कीले माओवादी  केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादी पार्टीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त आज (शुक्रबार) गरेका छन्  तर मन्त्रालय तोकिएको छैन ।

 मुख्यमन्त्री कार्कीले आफूले सहमतीय सरकार बनाउने प्रयास गरेको बताए ।

उनले आफूले पूर्वमुख्यमन्त्री हिक्मत कार्कीकै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको बताएका छन्