काेसीमा एमाले सरकारबाट बाहिरियाे
२०८० कार्तिक १८, शनिबार १०:५८
कोशी प्रदेश सरकारले मन्त्री परिषद् विस्तार गरेपनि नेकपा एमाले सरकारवाट बाहिरियाे ।
हिजो ( शुक्रबार ) मुख्यमन्त्री केदार कार्कीले सत्तारूढ गठबन्धन दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलाई सहभागी गराएपछि शनिबार एमाले सरकारबाट बाहिरिएको छ ।
आज बिहान (शनिबार) एमालेबाट विनाविभागीय मन्त्री बनेका राम रानाले राजीनामा दिएका छन् । मन्त्री रानाले मुख्यमन्त्री केदार कार्कीसमक्ष राजीनामा बुझाएका छन् ।
उनलेे सहमति कार्यान्वयन नभएपछि राजीनामा बुझाएको जनाए ।




