भूकम्पपीडितहरुका लागि कांग्रेसले ५० लाख उपलब्ध गराउने
२०८० कार्तिक १८, शनिबार ११:२५
हिजो राति आएको भूकम्पले जाजरकोट केन्द्र विन्दु बनाएर गएको भूकम्पपीडितहरुको उद्धार, राहत र पुनःस्थापनाका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने भएको छ ।
काग्रेसका मुख्षसचिव कृष्ण पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिए । विज्ञप्तिमार्फत कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल गरेका छन् ।




