काेसी सरकारले भूकम्प पीडितका लागि एक करोड सहयोग
२०८० कार्तिक १८, शनिबार १९:४४
काेसी प्रदेश सरकारले जाजरकोट भूकम्प पीडितका लागि एक करोड रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।
नेपालको कर्णाली प्रदेश स्थित जाजरकोट, रुकुम पश्चिम तथा अन्य जिल्लाहरुमा हिजो राती गएको भुकम्पमा परी ज्यान गुमाउनु हुने महानुभावहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।
जाजरकोट जिल्लाको बारेकोट गाँउपालिका वडा नं. १ रामिडाँडा केन्द्रबिन्दु भएर गएको यस भुकम्पको कारण प्रभावित क्षेत्रमा ठुलो मानवीय, आर्थिक तथा भौतिक क्षती भएको सूचनाहरु प्राप्त भइरहेका छन् । प्राकृतिक विपद्को यस समयमा भुकम्पबाट प्रभावित क्षेत्रमा प्रभावकारी रुपमा उद्वार, राहत, स्वास्थ्य उपचार आदि कामका सिघ्रताका साथ जुट्न विभिन्न संघ, संस्था, निकाय एवं नागरिक समाज लगायत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौ भनेर विज्ञप्ति उल्लेख गरिएको छ




