नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई आर्थिक सहयोगका लागि गरेको प्रतिबद्धताअनुसार आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ

क्यानका महानिर्देशक प्रदीप कुमार र यसका कर्मचारी समेत रहेको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास बालुवाटारमा चेक हस्तान्तरण गरेको हो । 

उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने क्यानका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा १ सय ५० भन्दा बढीको ज्यान गएको छ भने ठूलो धनमालमा क्षति पुगेको छ ।