प्रभु साहकी श्रीमती मेयर साहलाई पुनर्वहाली गर्न आदेश
२०८० कार्तिक २४, शुक्रबार १९:१७
सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयनमा रोक गर्दैन मेयरको पदमा रही कामकारवाही गर्न दिन अन्तरिम आदेश दियाे ।
साह आम जनता पार्टीका अध्यक्ष प्रभु साहकी श्रीमती हुन्
उनलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहलाई पदमुक्त गर्न एमालेले गरेको पत्रचार र निर्वाचन आयोगले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।
साहले पहिलो स्थानीय चुनावमा माओवादीबाट मेयर जितेकी उनी नेकपा कम्युनिस्ट पार्टी (नेकपा) हुँदै एमालेमा पुगे अनि २०७९ को स्थानीय निर्वाचनमा साह एमालेबाट मौलापुरको मेयर निर्वाचित भइन् ।
गत मंसिर २०७९ को निर्वाचनको उम्मेदवारी दर्ताको दिन प्रभु साहले एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिए ।




