प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो ग्लोबल साउथ शिखर सम्मेलनलाई आज सम्बोधन गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आयोजना गरेको शिखर सम्मेलनलाई प्रधानमन्त्रीले भर्चुअल माध्यमबाट सम्बोधन गरेको  परराष्ट्र मन्त्रालयले जनाएको छ ।

शिखर सम्मेलनमा प्रधानमन्त्री मोदीसहित विभिन्न देशका सरकार प्रमुखले सम्बोधन गरेका  छन् । शिखर सम्मेलनको नारा ‘ग्लोबल साउथ: टुगेदर फर वान फ्युचर’ रहेको छ ।